इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान
baahrakhari.com · Tue Jul 28 11:20:38 GMT 2026

काठमाडौं । इनड्राइभले महिलालाई ड्राइभिङ पेसामा अघि बढाउने उद्देश्यले सञ्चालन गरेको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सफलतापूर्वक सम्पन्न गरेको छ ।
कार्यक्रमअन्तर्गत काठमाडौंमा आयोजित प्रमाणपत्र वितरण समारोहमा तीन महिनाको प्रशिक्षण पूरा गरेका १० महिलालाई सम्मान गरिएको छ । सुरक्षित र आत्मनिर्भर रूपमा दुईपांग्रे सवारी चलाउने पेसामा अघि बढ्न आवश्यक सीप, आत्मविश्वास र स्रोतसाधन प्रदान गर्ने उद्देश्यले सहभागीहरूलाई विभिन्न चरणमा प्रशिक्षण दिइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)