धादिङमा ७५ प्रतिशत धान रोपाइँ सकियाे: असारे भाका जीवित राख्दै बडहरेका महिला
newsofnepal.com · Tue Jul 28 11:28:28 GMT 2026

धादिङ।
साउनको सिमसिमे झरी र मगमगाउँदो हिलोको गन्ध। धादिङको नीलकण्ठ नगरपालिका–७, कटहरे फाँट पुग्दा चटारो केवल रोपाइँको मात्र थिएन, हराउँदै गएको मौलिक संस्कृतिको खोजीको पनि थियो। खेतको आली लगाउँदै हुनुहुन्थ्यो स्थानीय विष्णुप्रसाद पोखरेल। “अब त खेत हिल्याउन ट्याक्टर आइहाल्छ नि,” पोखरेलले आलीको चपरा फर्काउँदै गर्दा हामी भने खेतका गह्रामा लोप हुन लागेको ‘असारे भाका’को सुरिलो धुन खोजिरहेका थियौँ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)