ट्रक महासंघ र अर्थमन्त्रीबीच भेट, बीमाले नसमेट्ने राहतमा छुट्टै कोष बनाउने आश्वासन
onlinekhabar.com · Tue Jul 28 11:40:17 GMT 2026

१२ साउन, काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका पीडितलाई राहत तथा उपचारका लागि छुट्टै कोष स्थापना गर्न माग गरेको छ। महासंघले मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर दुर्घटनामा घाइते तथा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउन छुट्टै कोष स्थापना गर्न माग गरेको हो ।
महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँसहितको टोलीले अर्थमन्त्री वाग्लेलाई भेटेर आर्थिक वर्ष २०८३/८४ को बजेटमा दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारका लागि बीमा रकम १० लाख रुपैयाँ र घाइतेको औषधि उपचारका लागि हालकै ३ लाख रुपैयाँको व्यवस्था गरेको भन्दै त्यसले वास्तविक उपचार खर्च धान्न नसक्ने अवस्था रहेको जानकारी गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)