देउवाले भने– गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु
baahrakhari.com · Tue Jul 28 11:42:00 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध भएको बताएका छन् । मंगलबार उपचारको क्रममा दिवंगत भएका श्रेष्ठप्रति श्रद्धाञ्जली दिँदै देउवाले लेखेका छन्, “नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले निभाउनु भएको अग्रणी भूमिका सधैँ स्मरणीय रहनेछ ।"
श्रेष्ठ कुनै बेला देउवाले पार्टी विभाजन गरेर प्रजातान्त्रिक कांग्रेस स्थापना गर्दा उनकै साथमा थिए । त्यसयता विशेष महाधिवेशनसम्म पनि श्रेष्ठ देउवासँगै थिए । देउवा २०५९ मा जेल पर्दा श्रेष्ठ कार्यवाहक सभापति बनेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)