प्रदर्शनमा प्रहरीको हत्या गरेको आरोपमा इरानमा दुई जनालाई मृत्युदण्ड
barnanmedia.com · Tue Jul 28 11:53:09 GMT 2026

जनवरी महिनामा भएको सरकारविरोधी प्रदर्शनका क्रममा प्रहरी अधिकारीहरूको हत्या गरेको आरोपमा इरानमा दुई जनालाई मृत्युदण्ड दिइएको छ ।
सरकारी समाचार संस्था फार्सका अनुसार उनीहरूलाई मंगलबार मृत्युदण्ड दिइएको हो । फार्सका अनुसार दुवै जनाले जनवरी १८ मा इस्फाहानको शहिद अलिखानी चोकमा भएको प्रदर्शनका क्रममा प्रहरी अधिकारीहरूलाई डोरीले साइनपोस्टमा बाँधी ढुंगाले आक्रमण गरेका थिए । त्यसपछि उनीहरूमाथि पेट्रोल खन्याएर आगो लगाइएको र जीवित अवस्थामै घिसार्दै चक्कु तथा खुकुरीजस्ता धारिलो हतियारले आक्रमण गरिएको आरोप लगाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)