शक्तिशाली भूकम्पमा परेर जापानमा कम्तीमा ५० जना घाइते
ratopati.com · Tue Jul 28 12:17:31 GMT 2026

टोकियो । जापानको दक्षिणी कुमामोतो प्रान्तमा मंगलबार आएको ७ दशमलव १ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा ५० जना घाइते भएका छन् ।
भूकम्पका कारण हजारौं घरमा विद्युत् सेवा अवरुद्ध भएको छ भने सडक, पुल, रेल सेवा र हवाई यातायातमा पनि व्यापक असर परेको छ । जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण संकलन भइरहेको बताएकी छन् । उनका अनुसार विभिन्न स्थानमा आगलागी, विद्युत् अवरोध, सडक र पुलमा क्षति तथा भवनहरू भत्किएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)