सुनसरी घटनाको प्रभाव कोशी–मधेशसम्म, कफ्र्युकाबीच प्रदर्शन
nepalsamaya.com · Tue Jul 28 12:54:17 GMT 2026

विराटनगर। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर आइतबार राती नै २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि मंगलबार पनि दिनभर कोशी प्रदेशका विभिन्न स्थानमा विरोध प्रदर्शन, सडक अवरोध र तनावपूर्ण अवस्था देखिएको छ। घटनाको प्रभाव सुनसरी, मोरङ हुँदै मधेश प्रदेशसम्म फैलिएको छ।
प्रदर्शनका कारण सुनसरीको पकलीदेखि कोशी ब्यारेजसम्म पूर्व–पश्चिम राजमार्गका विभिन्न स्थानमा टायर बालेर सडक अवरुद्ध गरिएको थियो। राजमार्ग बन्द हुँदा लामो दूरीका सवारीसाधन रोकिए भने यात्रुहरू समस्यामा परेका छन्। इटहरी–पश्चिमतर्फ सवारी सञ्चालनसमेत प्रभावित भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)