इरानको आरोप युक्रेनद्वारा अस्वीकार
onlinekhabar.com · Tue Jul 28 13:03:18 GMT 2026

१२ साउन, किएभ (रासस\एएनआई) । युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाले इरानले युक्रेनी आक्रमणमा आफ्नो व्यापारिक जहाज प्रभावित भएको लगाएको आरोप अस्वीकार गर्दै तेहरानमाथि रुसको युद्ध अभियानको प्रत्यक्ष सहयोगी भएको आरोप लगाएका छन् । उनले इरानलाई आफू पीडित भएको देखाउने कुनै आधार नभएको पनि बताएका हुन् ।
सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै सिबिहाले सन् २०२२ देखि इरानले रुसलाई उपलब्ध गराएका हतियार युक्रेनी नागरिकविरुद्ध प्रयोग हुँदै आएको दाबी गरे । उनका अनुसार तेहरानका आरोप आधारहीन छन् र इरानले रुसको सैन्य आक्रमणलाई निरन्तर सहयोग गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)