कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
rajdhanidaily.com · Tue Jul 28 13:13:11 GMT 2026

काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शाहीलाई आज मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।
यसअघि शाहीले आजै दाबी पेस गरेका थिए । उनले गठबन्धनमा रहेका नेकपा एमालेका ९ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १४ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)