देशैभरका यातायात व्यवस्था कार्यालयमा १२ दिनदेखि सर्भर अवरुद्ध,सेवाग्राही समस्यामा
newsofnepal.com · Tue Jul 28 13:14:39 GMT 2026

बुटवल।
आर्थिक वर्ष २०८३-०८४ सुरु भएको १२ दिन बितिसक्दा पनि देशैभरका यातायात व्यवस्था कार्यालयहरुमा सर्भर नियमित सञ्चालनमा आउन सकेको छैन । जसले गर्दा यातायात व्यवसायी अन्य सवारी साधनका धनीहरुलाई निकै समस्या भोग्नु परेको छ । लुम्बिनी यातायात व्यवस्था कार्यालय सवारीमा पनि सो समस्या छ । सर्भर अवरुद्ध हुँदा दैनिक सेवा प्रवाह प्रभावित भएको छ भने सेवाग्राही आउने जाने गर्दा सास्ती भोग्न बाध्य छन् । लुम्बिनी यातायात व्यवस्था कार्यालय सवारीवाट मात्र दैनिक ५५ देखि ६० लाख रुपैयाँसम्म राजस्व संकलन हुने गरेकोमा त्यो अहिले हुन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)