व्यवसायी गोल्छा एक करोड धरौटीमा रिहा
rajdhanidaily.com · Tue Jul 28 13:24:38 GMT 2026

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतले मंगलबार बिमासम्बन्धी कसुरमा ७५ लाख र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख धरौटीमा छाड्न आदेश दिएको हो।
न्यायाधीश प्रतिमाकुमारी भट्टराईको इजलासले उनलाई छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)