कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
nagariknews.nagariknetwork.com · Tue Jul 28 13:18:53 GMT 2026

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको धारा १६८(२) बमोजिम मंगलबार उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
शाहीले नेकपाका १४ र एमालेका ९ गरी २३ प्रदेशसभा सदस्यको समर्थनसहित सरकार गठनको दाबी पेस गरेका थिए। शपथ ग्रहण र पदबहार बुधबार हुने जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)