निर्माणका क्रममा गरिएको लापरबाहीका कारण दुई बालिकाको मृत्यु
barnanmedia.com · Tue Jul 28 13:19:33 GMT 2026

पर्साको वीरगन्ज महानगरपालिकामा विकास निर्माणका क्रममा गरिएको लापरबाहीका कारण दुई बालिकाले ज्यान गुमाउनुपरेको छ । वीरगन्ज महानगरपालिका–२६ सुगौलीको चक्रदहमा निर्माणाधीन पुलका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर दुई जना दिदीबहिनीको मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा स्थानीय प्रभु ठाकुरका ५ वर्षीया छोरी पुच्की ठाकुर र ३ वर्षीया छोरी घघरी ठाकुर रहेका छन् । सोमबारदेखि हराइरहेका उनीहरूको शव मंगलबार बिहान सोही खाल्डोमा तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)