कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त, शपथ बुधबार
hamrakura.com · Tue Jul 28 00:00:00 GMT 2026
काठमाडौं । नेकपा एमालेको समर्थनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मंगलबार शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका १४ र एमालेका १० गरी कुल २४ जना सांसदको समर्थनसहित शाहीले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए। नवनियुक्त मुख्यमन्त्री शाहीको पद तथा गोपनियताको शपथग्रहण बुधबार हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)