सुनसरी घटनाबारे प्रधानमन्त्री कार्यालयको गम्भीर ध्यानाकर्षण : शान्ति र सद्भाव कायम राख्न अपिल
nagariknews.nagariknetwork.com · Tue Jul 28 14:59:38 GMT 2026

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सुनसरीको देवानगन्जमा भएको घटना र त्यसपछि पूर्वी नेपालका केही जिल्लामा उत्पन्न परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
घटनामा घाइते भएकाहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको प्रधानमन्त्री कार्यालयले स्पष्ट पारेको छ। घटनाको सत्यतथ्य छानबिन गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायसहित सात दिनभित्र प्रतिवेदन बुझाउन गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ र समितिले काम पनि सुरु गरिसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)