मान्चिनी दोस्रो पटक इटालीको मुख्य प्रशिक्षकमा नियुक्त
ratopati.com · Tue Jul 28 15:37:38 GMT 2026
रोम । रोबर्टो मान्चिनी दोस्रो पटक इटालीको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
आन्द्रे पिर्लोले टोलीको जिम्मेवारी नलिने घोषणा गरेको र प्राविधिक निर्देशक पाओलो मालदिनीले पदबाट राजीनामा दिएको भोलिपल्टै मान्चिनीलाई नियुक्त गरिएको हो । लगातार तेस्रो पटक इटाली विश्वकपमा छनोट हुन नसकेपछि जेन्नारो गटुसोले गत अप्रिलमा प्रशिक्षक पद छाडेका थिए । त्यसपछि पिरलो मुख्य प्रशिक्षक बन्ने सम्भावना देखिएको थियो । एक रुसी सट्टेबाजी कम्पनीसँगको सम्बन्धलाई लिएर विवाद सिर्जना भएपछि उनले सोमबार आफू उक्त दौडबाट बाहिरिएको घोषणा गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)