भारतले बुधबार बिहान ६ बजेदेखि धौलीगङ्गा बाँध खोल्दै, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
hamrakura.com · Tue Jul 28 00:00:00 GMT 2026
सुदूरपश्चिम । भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएकाले महाकाली तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना जारी गरी त्यहाँको एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेसन, धारचुलाले बुधबार बिहान ६ बजेदेखि बिहीबार साँझ ६ बजेसम्म सिल्ट सफाइका लागि बाँध खोल्ने जानकारी आएको उल्लेख गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)