एआईको प्रयोगबाट व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन जोड
baahrakhari.com · Tue Jul 28 15:50:10 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र अमेरिकी दूतावासको सहकार्यमा ‘इन्डष्ट्रि डिप डाइभ : एआई फर नेप्लिज प्रायोरिटी सेक्टर’ विषयक एकदिवसीय अभिमुखीकरण कार्यक्रम भएको छ । कार्यक्रममा उद्योगी व्यवसायीहरूले एआईको प्रयोगबाट नेपाली व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डेले कृत्रिम बौद्धिकता (एआई) नेपाली निजी क्षेत्रको उत्पादकत्व, प्रतिस्पर्धात्मक क्षमता र नवप्रवर्तन बढाउने महत्त्वपूर्ण माध्यम भएको बताए । एआईको जिम्मेवार प्रयोग, डिजिटल पूर्वाधार, सीप विकास र नीति सुधारमार्फत नेपालले प्रविधिमा आधारित आर्थिक विकासलाई गति दिनुपर्ने बताउँदै उपाध्यक्ष पाण्डेले सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारबीच सहकार्यबाट नेपालको आवश्यकता अनुरूप एआई इकोसिस्टम निर्माण गर्नुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)