विपदमा नेपाल : ‘सर्च एण्ड रेस्क्यु’मा उत्कृष्ट, ‘रिलिफ’मा समन्वय अभाव
ratopati.com · Sun Aug 30 10:38:16 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशुलीमा आएको विनाशकारी बाढीको क्षतिपछि खोज, उद्धार, राहत र पुनर्स्थापनामा तीन तहका सरकारबिच समन्वय अभाव देखिएको छ । प्रदेश र स्थानीय सरकारसँग संघीय सरकारको समन्वय अभावमा पीडितको पहिचानदेखि उद्धार, राहत र पुनर्स्थापना लगायतका काम आवश्यकता अनुसार तीव्र हुन सकेको छैन ।
पाँच दिन अघि आएको विनाशकारी बाढीले सयौँको ज्यान लिएको छ भने हजारौँ घरवारबिहीन र बेपत्ता अवस्थामा छन् । बागमती प्रदेशका रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लाका सडक, पुल, जलविद्युत् गृहसहित निजी र सरकारी संरचना बाढीसँगै बगेका छन् । ती जिल्लाका बस्ती र सहर खण्डहरमा परिणत भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)