अवैध काठसहित तीन जना पक्राउ
gorkhapatraonline.com · Sun Aug 30 10:37:05 GMT 2026

प्रहरीले अवैध रूपमा काठ ओसारपसार गरिरहेको अवस्थामा बागलुङको काठेखोला गाउँपालिका वडा नं. ३ बिहुँबाट तीन जनालाई नियन्त्रणमा लिएको छ ।
ना ५ ख २३७६ नम्बरको ट्रकमा काठ लुकाएर लैजाँदै गर्दा चितवनको राप्ती नगरपालिका वडा नं. ११ का २६ वर्षीय बुद्धिलाल प्रजा, कोठेखोला गाउँपालिका वडा नं. ६ बिहुँका २७ वर्षीय खिमानन्द कँडेल र ट्रक चालक निसीखोला गाउँपालिका वडा नं. ६ का ३३ वर्षीय श्याम बुढा मगरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)