मोबाइलमै पाइने भयो १२ संघीय कृषि बजारको दैनिक थोक मूल्य, ‘एएमपिआइएस नेपाल’ एप सञ्चालनमा
nagariknews.nagariknetwork.com · Tue Jul 28 16:17:18 GMT 2026

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको पहलमा कृषकलाई कृषि उपजको बजार मूल्य सहज, पारदर्शी र समयमै उपलब्ध गराउने उद्देश्यले ‘एएमपिआइएस नेपाल’ मोबाइल एप सञ्चालनमा ल्याइएको छ। यस एपमार्फत अब देशभरका १२ वटा संघीय कृषि बजारमा दैनिक कारोबार हुने कृषि उपजको थोक मूल्य मोबाइलबाटै हेर्न सकिने भएको छ।
मन्त्रिपरिषद्को २०८२ चैत १३ गते स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत रहेको ‘कृषि उपजको बजार सुनिश्चित गर्न राष्ट्रिय कृषि बजार सूचना प्रणाली सञ्चालन गर्ने तथा एसएमएस तथा डिजिटल माध्यमबाट दैनिक मूल्य जानकारी कृषकसम्म पुर्याउने’ कार्यक्रम कार्यान्वयनका लागि मन्त्री चौधरीले ‘एएमपिआइएस नेपाल’ ल्याएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)