रुसद्वारा युक्रेनको ऊर्जा पूर्वाधारमा ‘ठूलो आक्रमण’को तयारी
gorkhapatraonline.com · Sun Aug 30 10:40:07 GMT 2026

रुसले युक्रेनले रुसी ऊर्जा तथा नागरिक पूर्वाधारमा गरेको आक्रमणको जवाफमा युक्रेनको ऊर्जा पूर्वाधारमा ठूलो आक्रमणको तयारी थालेको जनाएको छ । रुसी रक्षा मन्त्रालयले आइतबार टेलिग्राममार्फत युक्रेनको ऊर्जा क्षेत्रका संरचनामाथि ठूलो मात्रामा आक्रमणको तयारी सुरु गरिएको जनाएको हो ।
गत हिउँदमा रुसले युक्रेनका विद्युत उत्पादन तथा प्रसारण संरचनामा पटक पटक आक्रमण गर्दा देशको ऊर्जा प्रणालीमा ठूलो क्षति पुगेको थियो । त्यसका कारण लाखौँ मानिसले अत्यधिक चिसोका बीच विद्युत तथा ताप आपूर्तिको समस्या झेल्नु परेको थियो । पछिल्ला महिनामा दुवै पक्षले लामो दूरीका ड्रोन तथा क्षेप्यास्त्रमार्फत एकअर्काका सैन्य तथा ऊर्जा पूर्वाधार, गोदाम, तेल प्रशोधन केन्द्र र बन्दरगाहलगायत संरचनालाई लक्षित गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)