बाढी प्रभावितका लागि सिद्धार्थ बैंकको २ करोड ५१ लाख सहयोग
annapurnapost.com · Sun Aug 30 10:42:29 GMT 2026

काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित भएकाहरुको उद्धार तथा राहतका लागि सिद्धार्थ बैंक लिमिटेडले २ करोड ५१ लाख आर्थिक सहयोग प्रदान गरेको छ। उक्त रकम बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध सिद्धार्थ बैंकले कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको पीडामा साथ दिन र राहत कार्यलाई थप प्रभावकारी बनाउन योगदान गर्ने उदेश्यले उक्त रकम कोषमा उपलब्ध गराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)