वैदेशिक लगानीकर्ताले एकै वर्षमा फिर्ता लगे झन्डै १८ अर्ब लाभांश
baahrakhari.com · Tue Jul 28 18:29:00 GMT 2026

काठमाडौं । नेपालमा सञ्चालित वैदेशिक लगानीका कम्पनीहरूले व्यवसायबाट आर्जित मुनाफा र रोयल्टीबापत बाहिर लैजाने रकम दोब्बरले बढेको छ । उद्योग विभागको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार, विदेशी लगानीकर्ताहरूले अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बर लाभांश फिर्ता लगेका छन् ।
यस आवमा विदेशी लगानीकर्ताहरूले मुनाफाबाट कुल १७ अर्ब ८५ करोड ४६ लाख २६ हजार ११ रुपैयाँ लाभांशबापत फिर्ता लगेका छन् । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा जम्मा ९ अर्ब ६१ करोड ७० लाख २ हजार ९७९ रुपैयाँ मात्र यस्तो लाभांश फिर्ता भएको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष लाभांश फिर्ता करिब ८५ प्रतिशत बढी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)