भ्रष्टाचार मुद्दाका अभियुक्त अर्याल हिमालयन बैंकका अध्यक्ष!
barnanmedia.com · Sun Aug 30 10:51:09 GMT 2026

काठमाडौं । हिमालयन बैंक लिमिटेडको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिले अर्याललाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो। यसअघि बैंकको अध्यक्ष रहेका प्रचण्डबहादुर श्रेष्ठले पदबाट राजीनामा दिएपछि अध्यक्ष पद रिक्त भएको थियो। श्रेष्ठले राजीनामा दिएको चार दिनपछि नै सञ्चालक समितिले अर्याललाई बैंकको अध्यक्ष नियुक्त गरेको हो।
अर्याल भ्रष्टाचार मुद्दाका अभियुक्त हुन् । उनी सेक्युरिटी प्रिन्टिङ प्रेसको भ्रष्टाचार काण्डका मुख्य अभियुक्त हुन् । सञ्चार मन्त्रालयका सचिव छँदा उनले विकास समितिको बोर्डलाई बाइपास गरी अध्यक्षको हैसियतले भटाभट निर्णय गर्दै सेटिङमा ठेक्का दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)