महाविपत्तिपछि खोज, उद्धार, उपचार र राहतसम्बन्धी ‘रोडम्याप’
ratopati.com · Sun Aug 30 11:03:31 GMT 2026

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मुलुक यतिबेला गहिरो शोकमा डुबेको छ। धेरै नेपाली दिदीबहिनी, दाजुभाइ र विदेशी पर्यटकहरूले ज्यान गुमाएका छन्। निधन हुने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। राष्ट्रिय विपत्तिको घडीमा सम्पूर्ण नेपालीमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु।
बाढीको भोलिपल्टै जनप्रतिनिधिहरूको हाम्रो टोली भोटेकोशीमा आएको विनाशकारी बाढीद्वारा विध्वंस मच्चाइएको, जनधनको अकल्पनीय क्षति भएको नुवाकोट जिल्लाको त्रिशूली, देवीघाटसमेतका स्थानहरूमा अनुगमनमा गयो। हामीले नजिकबाट बाढी प्रभावित क्षेत्रको कहालीलाग्दो अवस्था र पीडितहरू एवं आफन्तहरूको कारुणिक दृश्य देख्यौँ। हामीले त्यहाँको विनाश तथा बेपत्ताहरूको खोजी, उद्धार, उपचार एवं राहत कार्यको अनुगमन गर्नुका साथै सम्बन्धित व्यक्तिहरूसँग अन्तरक्रिया गरेका छौँ। हाम्रो टोलीले प्रभावित क्षेत्रको अवलोकनपछि खोज, उद्धार, शव व्यवस्थापन, राहत, आवास, पुनर्निर्माण तथा सङ्कट व्यवस्थापनका कार्ययोजना अघि सारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)