बिपद्को समयमा सरकारसंग काँधमा काँध मिलाउन तयार छौं : सभापति थापा
annapurnapost.com · Sun Aug 30 10:56:34 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले बिपद्को समयमा आफूहरुले सरकारलाई पूर्ण रुपमा साथ दिने बताएका छन्। आइतबार पार्टी कार्यालयमा भोटेकोशी बाढीपछि उत्पन्न विपत व्यवस्थापनमा पार्टीले गरिरहेको काम र अबको योजनाका बारेमा छलफल गर्न आयोजित बैठकमा सभापति थापाले सरकारसँग काँधमा काँध मिलाउन कांग्रेस तयार रहेको बताए।
अहिले तीन तहका सरकारबीच देखिएको समन्वयको खाडल हटाउन स्पष्ट कार्यविभाजन हुनुपर्ने भन्दै थापाले संघ, प्रदेश र स्थानीय सरकारलाई एउटै टिमको रूपमा लिएर अघि बढ्नुपर्ने बताए। कुनै पनि भ्रामक वा मिथ्या सूचना फैलाउने काममा नलाग्न पार्टी पंक्तिलाई सभापति थापाले निर्देशन समेत दिए। बैठकले आफ्ना सम्पूर्ण कार्यकर्ता तथा पार्टीका निकायहरूलाई परिचालन गर्ने निर्णय गरेको छ, भने उद्धार र शव व्यवस्थापनमा प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)