आइसल्यान्डका जनताले गरे ईयूमा संलग्न नहुने पक्षमा मतदान
ratopati.com · Sun Aug 30 11:09:37 GMT 2026

रेक्जाविक । आइसल्यान्डका जनताले देशलाई युरोपेली संघ (ईयूमा)मा संलग्न नगराउने पक्षमा मतदान गरेका छन् । सरकारी प्रसारक आरयूभीले आइतबार सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार मतदाताले सरकारले ईयू सदस्यताका लागि वार्ता पुनः सुरु गर्न गरेको प्रयास अस्वीकार गरेका छन् । यस निर्णयसँगै आइसल्यान्डका माछा मार्ने समुद्री क्षेत्रहरू निकै महत्वपूर्ण भएकाले तिनलाई जोखिममा पार्नु हुँदैन भन्ने धारणा राख्ने पक्ष विजयी भएको छ ।
मतदानको यस नतिजाले ईयूको राजनीतिक नेतृत्वलाई निराश पार्ने विश्लेषण गरिएको छ । ईयूका केही अधिकारीहरूले आइसल्यान्डलाई समूहको विस्तारप्रति शंका कम गर्न सहयोग गर्ने तुलनात्मक रूपमा कम जोखिम भएको उदाहरणका रूपमा हेरेका थिए । आर्कटिक क्षेत्रमा सुरक्षा चासो बढिरहेको बेला आइसल्यान्ड ईयूमा संलग्न हुँदा युरोपेली संघको रणनीतिक शक्ति पनि बलियो हुने उनीहरूको अपेक्षा थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)