बेपत्ता चालक कायस्थको शव फेला
gorkhapatraonline.com · Sun Aug 30 11:10:13 GMT 2026

बुधबार रसुवाथित भोटेकोसी नदीमा आएको बाढीपछि सम्पर्कविहीन बन्नुभएका एक काभ्रेली नागरिक मृत फेला पर्नुभएको छ । भोटेकोसीमा आएको बाढीपछि जिल्लाको पाँचखाल नगरपालिका –६ का दिलकुमार कायस्थ सम्पर्कविहीन बन्नु भएको थियो ।
बागमती प्रदेश ०१००६ ख ६७८८ नम्बरको बसमा मानसरोवर जाने तीर्थयात्रु लिएर रसुवा जानुभएका कायस्थको शव फेला परेको पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)