बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने
annapurnapost.com · Sun Aug 30 11:13:49 GMT 2026

वीरगन्ज : भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि पर्साको जगरनाथपुर गाउँपालिकाले १५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।
अध्यक्ष यादवका अनुसार, गाउँपालिको विपद् व्यवस्थापन कोषबाट ५ लाख ५१ हजार तथा गाउँपालिकका जनप्रतिनिधिहरुको एक महिनाको तलबभत्ता सुविधा बराबरको रकम र गाउँपालिकामा कार्यरत कर्मचारीहरुबाट नेपाल सरकारले तोके बमोजिमको रकम गरी कूल १५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)