ऊर्जामन्त्री श्रेष्ठसँग जाइका अध्यक्षको शिष्टाचार भेटवार्ता
barnanmedia.com · Tue Jul 28 23:45:12 GMT 2026

काठमाडौँ, १३ साउन : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठसँग जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तनाका आकिहिकोले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
मङ्गलबार मन्त्रालयमा भएको भेटमा नेपालको ऊर्जा, जलस्रोत र सिँचाइ पूर्वाधार विकासमा द्विपक्षीय सहयोगबारे चर्चा भएको थियो । मन्त्री श्रेष्ठले अहिलेसम्म नेपालको ऊर्जा तथा सिँचाइ क्षेत्रमा गरेको सहयोग तथा लगानीका लागि जाइकाका प्रतिनिधिलाई धन्यवाद दिनुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)