सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अनिवार्य अवकाशमा
ratopati.com · Sun Aug 30 11:27:37 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हद्दका कारण आज (आइतबार) देखि अनिवार्य अवकाशमा गएका छन् । जटिल प्रकृतिको बोनम्यारो क्यान्सरबाट पीडित श्रेष्ठ भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च अस्पतालमा उपचाररत छन् ।
वि.सं.२०३९ साउनमा अदालतको ‘डिट्ठा’ पदबाट सरकारी सेवा प्रवेश गरेका उनी सुब्बा, शाखा अधिकृत, उपसचिव हुँदै २०५५ सालमा पुनरावेदन अदालतको रजिस्ट्रार बनेका थिए । सर्वोच्च अदालतको सहरजिस्ट्रारका रूपमा समेत अनुभव सँगालेका उनी २०६६ मा उच्च अदालतको न्यायाधीश र २०७६ मा विराटनगर उच्च अदालतको मुख्य न्यायाधीशबाट सर्वोच्चको न्यायाधीश नियुक्त भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)