त्रिवि शिक्षण अस्पतालमा अब शव राख्न कठिन
baahrakhari.com · Sun Aug 30 11:29:04 GMT 2026

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालको शवगृह भरिँदै गएको छ ।
त्रिवि शिक्षण अस्पतालका अनुसार हालसम्म रसुवा बाढीबाट भेटिएका ६९ वटा शव ल्याइएका छन् । प्राप्त शवमध्ये अहिलेसम्म ८ वटाको पहिचान भइसकेको अस्पतालले जनाएको छ । अस्पतालले अब बढीमा १० वटा शव राख्न सकिने स्पष्ट पारेको छ । बाढीमा ज्यान गुमाएर ल्याइएका शवहरू अधिकांश कुहिएको र क्षतविक्षत भएको अवस्थाका शव अस्पतालमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)