रवि लामिछानेद्वारा आह्वान गरिएको सर्वदलीय बैठक आज बस्दै
nepalviews.com · Wed Jul 29 00:36:55 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीको देवानगञ्ज घटनालगायत समसामयिक विषयमा छलफल गर्न आह्वान गरेको सर्वदलीय बैठक आज बिहान बस्दै छ।
रास्वपाका अनुसार बैठक आज बिहान ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा बस्ने तय भएको छ। यस छलफलमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँगै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष सीके राउत नेतृत्वका दलहरूलाई पनि आमन्त्रण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)