सुरुङ मार्गको उज्यालो
annapurnapost.com · Wed Jul 29 00:28:43 GMT 2026

दक्षिण एसियामै पहिलोपटक सुरुङ मार्ग नेपालमै बनेको थियो, त्यो पनि राणा प्रधानमन्त्री चन्द्रशमशेरका पालामा । मकवानपुरको चुरियामाईमा करिब ६ सय मिटर लामो सुरुङ मार्ग बनेको सवा सय वर्षपछि मात्र नेपालले आधुनिक प्रविधिको मोटरेबल सुरुङ मार्ग पाएको छ । देशको राजधानी काठमाडौंलाई जोड्ने पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा सुरुङ मार्गको निर्माण पूरा भएसँगै मुलुकको यातायात क्षेत्रले एउटा महत्त्वपूर्ण घुम्ती पार गरेको छ । यससँगै सिंगो मुलुकले सुरुङ युगको उज्यालोमा प्रवेश गरेको अनुभूति गरेको छ ।
घण्टौंको जाम, उकालो र घुम्ती अनि बर्खायाममा हुने पहिरोको जोखिम लगायतका सास्तीबाट नागढुंगा सुरुङ मार्गले मुक्ति दिनेछ । ३५ मिनेटको सडक यात्रालाई जम्मा पाँच मिनेटमा झारेर यो सुरुङ मार्गले दूरी र समयमात्रै घटाउँदैन; लामो र अप्ठेरो यात्रा गर्दा यातायातका साधनमा हुने खर्च, इन्धन खपत र कार्बन उत्सर्जनलाई पनि स्वात्तै घटाउँछ । करिब २२ अर्ब रुपैयाँ लागतमा निर्माण भएको यो मार्गमा गुड्ने साधनले औसत सय रुपैयाँमात्र शुल्क तिर्दा पनि लगानी उठ्न ३०औं वर्ष लाग्ने देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)