गोरखामा आगलागीबाट घर जलेर नष्ट
annapurnapost.com · Sun Aug 30 11:25:17 GMT 2026

गोरखा : गोरखामा एक घर आगलागीबाट जलेर पूर्ण रुपमा नष्ट भएको छ । गोरखा नगरपालिका ३ नारेश्वरस्थित सीता अर्यालको घर आगलागीबाट पूर्ण रुपमा नष्ट भएको हो । गाउँको परम्परागत ढुंगा माटोले बनेको मौलिक घर शनिबार राति १२ बजे आगलागीबाट नष्ट भएको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।
आगलागीबाट घर र भित्र रहेका अन्नपात,लत्ताकपडा, भाडाकुँडा, अचल सम्पत्ति सबै नष्ट भएको प्रनाउ श्रेष्ठले जानकारी दिए । आगलागीको कारणबारे अनुसन्धान भइरहेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)