बाढीजन्य विपद् व्यवस्थापनका लागि संघीय मामिलाका ३० कर्मचारी प्रभावित स्थानीय तहमा परिचालन
lokaantar.com

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण सिर्जित विपद् व्यवस्थापन कार्यलाई थप प्रभावकारी, सहज र समन्वयात्मक बनाउन सरकारले विभिन्न मन्त्रालय तथा मातहतका निकायमा कार्यरत ३० जना कर्मचारीहरूलाई प्रभावित स्थानीय तहहरूमा परिचालन गरेको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा १३ बमोजिम विभिन्न स्थानीय तहमा कामकाज गर्ने गरी उपसचिव र शाखा अधिकृत तहका कर्मचारीहरू खटाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)