संसद्लाई तत्काल छैन बिजनेस, विरोधको डरले संसद् छल्दै सरकार
kendrabindu.com · Wed Jul 29 01:20:48 GMT 2026

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभा अहिले छुट्टीमा छन्। आर्थिक वर्ष २०८३/८४ को बजेट पारितपछि सांसदहरूलाई समय चाहिएको भन्दै प्रतिनिधिसभा बैठक ३१ असारदेखि १४ साउनसम्म र राष्ट्रिय सभा बैठक ३१ असारदेखि नै १५ साउनसम्म स्थगन गरिएको छ। बैठक बस्ने दिन नजिकिँदा राष्ट्रिय सभामा तत्काल कुनै ‘बिजनेस’ छैन। प्रतिनिधिसभामा पनि ‘बिजनेस’ अभाव छ।
राष्ट्रिय सभामा नयाँ विधेयक छैनन्, यसअघि दर्ता भएका विधेयक पारित गरी प्रतिनिधिसभामा पठाइएका छन्। प्रतिनिधिसभामा विचाराधीन विधेयकको संख्या ८ छ। तीमध्ये एउटा मात्रै सभामा छ, अरू संसदीय समितिमा छन्। समितिमा रहेका सात विधेयकमध्ये तीनवटा प्रतिनिधिसभामै दर्ता गरिएका हुन्, अरू राष्ट्रिय सभाबाट पारित गरेर पठाइएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)