यी ६ प्रदेशमा आज भारी वर्षाको सम्भावना
kathmandupati.com · Wed Jul 29 01:18:35 GMT 2026

काठमाण्डु – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदर भन्दा उत्तरतर्फ रहेको छ।
जसको प्रभावले हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका केही स्थानमा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)