अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुने
nepalpress.com · Sun Jun 07 12:25:02 GMT 2026

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजनामा अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन–२०२६ हुने भएको छ । आगामी असार ६ र ७ गते ललितपुरको हेरिटेज गार्डेनमा सम्मेलन हुन लागेको महासंघले जनाएको छ ।
यस सम्मेलनको उद्देश्य सहकारी क्षेत्रमा संलग्न महिला किसानहरूको योगदान र प्रभावलाई उजागर गर्ने रहेको छ । त्यसैगरी, सहकारीहरूमा लैङ्गिक–उत्तरदायी नीति तथा अभ्यासलाई सुदृढ गर्नु, र सहकारीमार्फत महिलाको आर्थिक, सामाजिक तथा राजनीतिक सशक्तीकरणमा सहयोग गर्नु समेत रहेको महासंघका महाप्रबन्धक डा। बाबु काजी थापाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)