मध्यरातमा प्रधानमन्त्री बालेनको राष्ट्रका नाममा अपिल, ‘दोषीलाई कानुनी कारबाही हुन्छ’
arthasansar.com

प्रधानमन्त्री बालेन्द्र शाहले अन्ततः सुनसरीमा भएको घटनाबारे आफ्नो मौनता तोड्दै सार्वजनिक अपिल जारी गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट घटनाबारे विज्ञप्ति सार्वजनिक भएको केही घण्टापछि मंगलबार मध्यरातमा प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत नागरिकलाई शान्त, संयमित र जिम्मेवार रहन आग्रह गरेका हुन्।
प्रधानमन्त्री शाहले आफू प्रधानमन्त्रीका रूपमा मात्र नभई देशको एक नागरिकका रूपमा पनि सुनसरीका घटनाक्रमबाट दुःखी भएको उल्लेख गर्दै घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारको दुःखलाई सरकारले गम्भीरतापूर्वक महसुस गरेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)