सञ्जीव पौडेलको ‘छोटु’लाई भरतपुर प्रज्ञा पुरस्कार
ratopati.com · Wed Jul 29 01:47:58 GMT 2026

भरतपुर । स्रष्टा सञ्जीव पौडेलको संस्मरणात्मक निबन्ध कृति ‘छोटु’ (२०८१) लाई ‘भरतपुर प्रज्ञा पुरस्कार-२०८२’ प्रदान गरिएको छ। निबन्ध विधातर्फको यस पुरस्कारको राशि नगद २५ हजार ७८ रुपैयाँ रहेको छ।
भरतपुर महानगरका स्रष्टाहरूले अघिल्लो वर्ष प्रकाशित गरेका विविध विधाका उत्कृष्ट कृतिहरूलाई पुरस्कृत गर्ने महानगरको नीति अनुरूप पौडेललाई यो सम्मान प्रदान गरिएको हो। लमजुङको अलैंचेमा वि.सं. २०१९ मा जन्मिएका पौडेल हाल भरतपुर-१०, स्याउलीबजारमा बसोबास गर्दछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)