जब बिर्तामोडको आकाशमा उडे चन्द्रयान र रकेट
lokaantar.com

विमानस्थलको धावनमार्गजस्तै गुञ्जायमान थियो विद्यालयको प्राङ्गण । आँखैअगाडि एकपछि अर्को गर्दै सररर उडेका हवाईजहाज, हेलिकप्टर, रकेट र चन्द्रयानका नमुना देखेर विद्यार्थी एकाएक चकित परे । नहोस् पनि किन, किताबका पानामा मात्र सीमित हुने विज्ञान र प्रविधिको संसार सोमबार बिर्तामोड–१ स्थित ग्रिन फिल्ड वर्ल्ड स्कुलको प्राङ्गणमा प्रत्यक्ष रूपमा देख्न पाइयो ।
अन्तरराष्ट्रियस्तरमै प्रतिष्ठित भारतको एरोबे कम्पनीको प्राविधिक सहकार्यमा आयोजित सो विशेष हवाई प्रदर्शनीमा विद्यार्थी मात्र होइन, उपस्थित अभिभावक र स्थानीय पनि रोमाञ्चित बने । ‘एरोबे रोबोटिक्स’को प्रयोगात्मक अभ्यासअन्तर्गत आयोजना गरिएको यो प्रदर्शनीले सबैलाई आधुनिक प्रविधिको कौतुहल र सम्भावनासँग प्रत्यक्ष साक्षात्कार गरायो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)