समृद्धि तेल बेच्ने सिद्धिविनायक आयलको व्यापार १० महिनामा ६ अर्ब, खुद नाफा कति ?
clickmandu.com · Wed Jul 29 01:58:38 GMT 2026

काठमाडौं । नेपाली बजारमा समृद्धि ब्रान्डको तेल बेच्ने सिद्धिविनायक आयलले गत आर्थिक वर्षको १० महिनाको अवधिमै ६ अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ । कम्पनीले गत आवको १० महिनाको अवधिमा ६ अर्ब ६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२५ मा ५ अर्ब ९ करोड ७० लाख रुपैयाँ र सन् २०२४ मा १ अर्ब ४३ करोड रुपैयाँको व्यापार गरेको थियो । कम्पनीअनुसार गत आवको १० महिनाको अवधिमा समग्र तेलको मूल्य वृद्धि हुँदा व्यापार बढेको उल्लेख छ । सन् २०२५ मा प्रति मेट्रिक टन २ लाख ७ हजार ४ सय २३ रुपैयाँ थियो भने गत आवमा बढेर २ लाख १५ हजार ६ सय ७९ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)