प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको सुनुवाइ आज हुँदै
nagariknews.nagariknetwork.com · Wed Jul 29 02:02:12 GMT 2026

संघीय संसद्को संसदीय सुनुवाइ समितिसमक्ष प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको सुनुवाइ आज (बुधबार) हुँदैछ। समितिको ११औं बैठक बिहान ११:१५ बजे बस्दैछ।
संवैधानिक परिषद्को गत असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्की तथा निर्वाचन आयुक्तहरूमा गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो सोही अनुसार आज प्रमुख आयुक्त कार्कीको सुनुवाइ हुन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)