२३ भदौको संकट र भौतिकशास्त्र : नयाँ सन्तुलनको खोजी
shilapatra.com · Wed Jul 29 02:05:00 GMT 2026

एक्काइसौँ शताब्दीमा राज्य केवल नक्सामा कोरिएको भू–भाग मात्र होइन; यो इतिहास, संस्कृति, ज्ञान, अर्थतन्त्र र संस्थाहरूको निरन्तर अन्तर्क्रियाबाट सञ्चालन हुने एउटा जटिल र गतिशील प्रणाली पनि हो । यसको स्थिरता कुनै एक शक्तिले होइन, यी सबैबीच कायम रहने सन्तुलनले निर्धारण गरिरहेको हुन्छ ।
तसर्थ, आज विकसित र उन्नत भनिने लोकतन्त्रहरू पनि आप्रवासन, आर्थिक असमानता र बढ्दो ध्रुवीकरणजस्ता चुनौतीहरूको निरन्तर दबाब सामना गरिरहेका छन् । जब राज्यका संस्थानहरूले यस्ता दबाबलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सक्दैनन्, प्रणालीभित्रको सन्तुलन बिस्तारै कमजोर हुँदै जान्छ र बाहिरबाट समाज स्थिर देखिए पनि, सन्तुलन बिग्रन थालेपछि अस्थिरता, अविश्वास र संकट क्रमशः सतहमा देखिन थाल्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)