इरान–अमेरिका तनावबीच साउदीको प्रतिआक्रमण, इराकमा संयुक्त हवाई हमला
aarthiknews.com

काठमाडौं । इरान र अमेरिकाबीच बढ्दो तनावका बीच साउदी अरेबियाले पहिलोपटक आफूले इराकभित्र हवाई आक्रमण गरेको स्वीकार गरेको छ। साउदी रक्षा मन्त्रालयका अनुसार बुधबार अमेरिकासँगको समन्वयमा इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि संयुक्त हवाई हमला गरिएको हो।
साउदी रक्षा मन्त्रालयले ती समूहहरू साउदी अरेबियाको तेल पूर्वाधारमा भएका ड्रोन तथा क्षेप्यास्त्र आक्रमणसँग सम्बन्धित रहेको दाबी गरेको छ। यसअघि इराकबाट प्रक्षेपण गरिएका धेरै ड्रोन साउदी सुरक्षाबलले बाटोमै खसालेको पनि मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)