इरानद्वारा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य बलहरूमाथि मिसाइल आक्रमण
kendrabindu.com · Wed Jul 29 02:19:02 GMT 2026

काठमाडौं । इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य बलहरूलाई लक्षित गर्दै आकस्मिक आक्रमण गरेको छ । सैन्य अड्डाहरूमा इरानले ब्यालिस्टिक मिसाइल प्रहार गरेको अमेरिकी सेनाले जनाएको छ । यस घटनाले दुई देशबीच कायम रहेको अस्थायी युद्धविराम भंग गरेको अमेरिकी पक्षले बताएको बीबीसीले जनाएको छ ।
अमेरिकी सेन्ट्रल कमान्डका अनुसार यो आक्रमण मंगलबार स्थानीय समयअनुसार १७ः४५ बजे भएको थियो । कमान्डले सबै मिसाइलहरू सफलतापूर्वक बीचमै अवरुद्ध (इन्टरसेप्ट) गरिएको दाबी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)