रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै, के छन् एजेन्डा?
himalpress.com · Wed Jul 29 02:27:14 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी सूचनाअनुसार बैठक बिहान ११ बजे वनस्थलीस्थित घण्टीघरमा रहेको केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकमा पाँचवटा एजेन्डामाथि छलफल हुने जनाइएको छ। कार्यसूचीमा सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालन तथा विविध विषय समावेश छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)