अन्डाको मूल्य बढ्यो
nepalnews.com · Wed Jul 29 02:29:20 GMT 2026

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको फार्म समर्थन मूल्य बढाएको छ। संघको श्रावण १३ गते चितवनमा बसेको भौतिक तथा भर्चुअल बैठकले देशभरका अण्डा उत्पादकको राय, सुझाव र सिफारिसका आधारमा अण्डाको नयाँ फार्म समर्थन मूल्य निर्धारण गरेको हो।
संघद्वारा जारी सूचनाअनुसार नयाँ समर्थन मूल्य श्रावण १३ गतेदेखि लागू भएको छ। चितवनलाई आधार मानेर निर्धारण गरिएको मूल्यअनुसार एक्सएल (XL) अण्डा (१४.५–१४.८ केजी) को फार्म मूल्य प्रति क्रेट रु ५४५ कायम गरिएको छ। त्यस्तै, ठूलो अण्डा (१३.५–१३.८ केजी) को प्रति क्रेट रु ५३०, मिडियम अण्डा (१२.५–१२.८ केजी) को रु ५०० तथा १२ केजीभन्दा कम तौल भएका साना अण्डाको मूल्य प्रति पेटी रु ३,००० तोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)